अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर

वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मेयर सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित अख्तियारले सिंह सहितलाई मुद्दा चलाएको हो।

अख्तियारले मेयर सिंहलाई मतियारको मुख्य कसुरदार सरह सजायको माग गरेको छ। 

त्यस्तैगरी नागरिकता लिनेकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाएको छ।

Skip This