अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लापरवाहीपूर्ण सवारी चलाएको कसुरमा हर्कराज राईलाई जरिवाना

लापरवाहीपूर्ण सवारी चलाएको कसुरमा हर्कराज राईलाई जरिवाना


काठमाडौँ-श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईलाई ट्राफिक प्रहरीले कानुनी कारबाही गरेको छ।

ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाएपछि अध्यक्ष राईलाई कारबाही गरिएको हो।

लापरवाहीसाथ सवारी चलाएको कसूरमा उनीलाई ५०० जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

लापरबाहीपूर्वक सवारी चलाएको कसुरमा उनलाई कारबाही गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले जानकारी दिए।

२०८३ जेठ २२ मा उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनले एक हातले मोटरसाइकल चलाउँदै भिडिओ भिडियो बनाउँदै सवारी चलाएका थिए। त्यसपछि उनी दुर्घटनामा परेका थिए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) ‘ङ’ १८ (लापरवाहीपूर्ण तरिकाले सवारी चलाएको कसुर) बमोजिम पहिलो पटक कसुर गर्नेलाई रु. ५००, दोस्रो पटकलाई रु. १,००० र तेस्रो पटक वा सोभन्दा बढी पटक कसुर गरेमा रु. १,५०० जरिवाना हुन्छ ।

Skip This