उदयपुर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन भएको छ। अधिवेशनबाट चित्रकुमार कार्की ११३ मतसहित जिल्ला सभापतिमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनक बस्नेतले ८१ मत प्राप्त गरेका थिए।
उपसभापतिमा किरण राउत १०१ मतसहित निर्वाचित हुँदा कृष्णकुमारी घिमिरे श्रेष्ठले ८५ मत प्राप्त गरिन्।
सचिव पदमा सूर्यबहादुर लामा ९६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी भुवन खतिवडाले ७५ तथा जनार्दन कार्कीले २० मत प्राप्त गरेका थिए। सह–सचिवमा सूर्यकुमार राई १११ मतसहित निर्वाचित भए भने हुकुममणि पाण्डेले ८२ मत प्राप्त गरे।

जिल्ला सदस्यतर्फ कौसिला कार्की १३८, अम्बरबहादुर तामाङ १००, गुरुदेव कार्की ९५ र हेमकुमारी चौधरी ९४ मतसहित निर्वाचित भए। सदस्य पदका अन्य उम्मेदवार ससिला थापा (९२), बब्लु गुप्ता (७७), पवित्रा भट्टराई (७३)र सुनिता चौधरी (६५) पराजित भए।
क्षेत्रीय नेतृत्वतर्फ क्षेत्र नम्बर १ को सभापतिमा उद्दव अधिकारी ५९ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी श्यामकुमार कार्कीले ५५ मत प्राप्त गरेका थिए। क्षेत्र नम्बर १ (ख) को उपसभापतिमा बासु थापा र पवन कार्की निर्विरोध निर्वाचित भए।
त्यस्तै, क्षेत्र नम्बर २ को सभापतिमा सामर्थ थापा ५५ मतसहित विजयी हुँदा मीनबहादुर खड्काले १७ मत प्राप्त गरे। क्षेत्र नम्बर २ को उपसभापतिमा दिनेश कार्की ५० मतसहित निर्वाचित भए भने पूर्णकुमारी राउतले २३ मत प्राप्त गरिन्।
अधिवेशनले उदयपुरमा रास्वपाको नयाँ जिल्ला तथा क्षेत्रीय नेतृत्व चयन गर्दै संगठन विस्तार र सुदृढीकरणको नयाँ चरण सुरु गरेको पार्टीले जनाएको छ।






प्रतिक्रिया