काठमाडौँ-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सुशासनको नाममा सत्तामा पुगेकाहरूको कार्यशैली नै सुशासनको मापदण्ड मान्ने हो भने जनताले निराशा व्यक्त गर्ने अवस्था आएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले लेखेका छन्, ‘सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो- ‘भो, यस्तो सुशासन चाहिँदैन।’
महासचिव पोखरेलको उक्त टिप्पणी सरकारको कार्यसम्पादन र नेतृत्वप्रति लक्षित रहेको राजनीतिक वृत्तमा चर्चा गरिएको छ।
पछिल्लो समय नेकपा (एमाले)ले प्रधानमन्त्रीका अभिव्यक्ति तथा सरकारका विभिन्न कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आएको छ। सोही क्रममा एमालेले संघीय संसद्मा समेत विरोधका कार्यक्रम सञ्चालन गर्दै सदन अवरोध गर्ने रणनीति अपनाएको छ।
महासचिव पोखरेलको पछिल्लो अभिव्यक्तिलाई सरकारले अघि सारेको सुशासनको नारामाथि गरिएको तीव्र राजनीतिक टिप्पणीका रूपमा हेरिएको छ।






प्रतिक्रिया