अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ सुरु, सांसद झाले गरे उद्घाटन

चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ सुरु, सांसद झाले गरे उद्घाटन


काठमाडौं-बैंकिङ्ग समाचार डटकमको आयोजनामा चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ काठमाडौंस्थित म्यारियट होटलमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन मनिष झाले गरेका हुन्।

डिस्कोर्शमा नियामकीय निकाय, बैंक तथा वित्तीय संस्था, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरू, उद्यमी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ।

कार्यक्रममा नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा चार वटा सत्रमार्फत छलफल भइरहेको छ। पहिलो सत्रमा ‘नेपालमा कर्जा विस्तारको चुनौतीः लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ विषयमा बहस हुनेछ भने दोस्रो सत्रमा ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ विषयमा छलफल गरिनेछ।

त्यसैगरी, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ विषय उठाइनेछ। अन्तिम सत्रमा ‘मौद्रिक नीतिः आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ विषयमा विज्ञहरूबीच विचार आदानप्रदान हुनेछ।

आयोजकका अनुसार डिस्कोर्शले बैंकिङ्ग तथा वित्तीय क्षेत्रका चुनौती, अवसर र सुधारका उपायबारे नीति निर्माता, नियामक तथा सरोकारवालाबीच संवादको साझा मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।

Skip This