अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैंकमा पैसाको अभाव होइन, लगानीकर्तामा विश्वासको कमी छ: सांसद मनिष झा

बैंकमा पैसाको अभाव होइन, लगानीकर्तामा विश्वासको कमी छ: सांसद मनिष झा


काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारबाट भइरहेको धरपकड गलत भए पनि बैंकिङ तथा निजी क्षेत्रले पनि आत्मसमीक्षा गर्दै सुधार गर्नुपर्ने बताएका छन्।

बैंकिङ्ग समाचार र बैंकिङ्ग न्युजको संयुक्त आयोजनामा चौथो बैंकिङ्ग डिस्कोर्श २०२६ लाई सम्बोधन गर्दै सांसद झाले बैंकिङ क्षेत्रमा तरलताको समस्या नभई लगानीकर्ताको विश्वासको संकट रहेको बताए।

‘बैंकमा पैसाको कमी छैन, लगानीकर्तामा विश्वासको कमी छ,’ उनले भने, ‘धरपकड भइरहेको छ, त्यो गलत हो। तर सुधार त दुवै पक्षमा आवश्यक छ। सरकारका कमजोरी छन् भने निजी क्षेत्रमा पनि समस्या हुन सक्छन्। सबै दोष सरकारलाई मात्र दिन मिल्दैन।’

सांसद झाले बैंकिङ अभ्यासलाई थप व्यावसायिक, पारदर्शी र विश्वासिलो बनाउन आवश्यक रहेको उल्लेख गर्दै ‘सुन्नुभन्दा अघि थुन्नु गलत भए पनि बैंकिङ क्षेत्रले पनि आफूभित्रका कमजोरी सुधार्नुपर्छ’ भन्ने धारणा राखे।

सांसद झाले बैंकिङ पेशा विश्वकै प्रतिष्ठित र रुचाइने पेशामध्ये एक रहेको उल्लेख गर्दै बैंकिङ क्षेत्रको ऐतिहासिक विकासक्रमबारे पनि चर्चा गरे। उनले बचत संस्कृतिको विकाससँगै बैंकिङ अभ्यासले विश्व अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको बताए।

नेपालको बैंकिङ क्षेत्रले डिजिटल प्रविधितर्फ उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै सांसद झालेले १९८५ मा नेपालमा पहिलो एटीएम कार्ड प्रयोगमा आएको र मोबाइल बैंकिङ सेवा सुरु भएको दुई दशकभन्दा बढी समय भइसकेको स्मरण गराए।

उनले बदलिँदो विश्व अर्थतन्त्रसँगै नेपाल पनि डिजिटल बैंकिङ, प्रविधिमैत्री सेवा र नवप्रवर्तनतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै स्किल, स्रोत र बजार उद्यमशीलताका प्रमुख आधार भएको बताए।

Skip This