अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खण्डीकृत जग्गाका कारण कृषि उत्पादनमा चुनौती: ढुन्डीराज लामिछाने

खण्डीकृत जग्गाका कारण कृषि उत्पादनमा चुनौती: ढुन्डीराज लामिछाने


काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुन्डीराज लामिछानेले नेपालमा खेतीयोग्य जमिन निरन्तर खण्डीकृत हुँदै जाँदा कृषि उत्पादन र व्यावसायिक खेती विस्तारमा चुनौती थपिएको बताएका छन्।

चौथो बैंकिङ्ग डिस्कोर्स २०२६ अन्तर्गत ‘कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ विषयक दोस्रो सत्रमा बोल्दै उनले नेपालमा ठूला कृषकको संख्या न्यून रहेको र जग्गा टुक्रिने क्रम जारी रहेकाले कृषि क्षेत्रको विकासमा समस्या देखिएको बताए।

उनका अनुसार नेपालमा करिब २५ लाख हेक्टर खेतीयोग्य जमिन रहेको छ। उब्जाउ जमिनको क्षेत्रफल सीमित बन्दै गइरहेका बेला कृषिमा निर्भर जनसंख्या भने बढिरहेको उनले उल्लेख गरे।

लामिछानेले कृषि क्षेत्रका केही उपक्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको पनि बताए। उनका अनुसार नेपाल कुखुरा तथा अण्डा उत्पादनमा आत्मनिर्भर भइसकेको छ भने दूध उत्पादनमा समेत आत्मनिर्भरता हासिल गर्ने दिशामा अघि बढिरहेको छ।

कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकार, बैंकिङ्ग क्षेत्र तथा निजी क्षेत्रबीच समन्वित लगानी, सहकार्य र दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ थियो। उनले कृषि क्षेत्रको दिगो विकासका लागि सबै सरोकारवालाबीच प्रभावकारी साझेदारी अपरिहार्य रहेकोमा जोड दिए।

Skip This