अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ३ अर्बमा सिमित

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ३ अर्बमा सिमित


काठमाडौं-आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.१४ अंकले घटेर बजार २७ सय २८ दशमलव ३ को बिन्दुमा बन्द भएको छ।

आज कारोबारमा आएका ३५० कम्पनीको ३ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ९२ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी सिटि होटलको शेयर कारोबार भएको आज यस कम्पनीको २३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । त्यस्तै, सेन्ट्रल फाइनान्स कम्पनीको १७ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएको ३५० कम्पनीहरुमध्ये ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। त्यस्तै आज सबैभन्दा बढी सोपान फमास्यूटिकल्सक लिमिटेडका लगाीकर्ताले कमाएका छन्। त्यस्तै, एपोलो हाइड्रोपावरका लगानीकर्ताले १४.९७ प्रतिशतका दरले कमाएका छन्।

यससँगै आज सबैभन्दा बढी गुमाउनेमा सप्तकोशी डेभलपमेन्टका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.५१ प्रतिशतका दरले गुमाएका हुन्।

Skip This