अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा नेतृ गोमा तामाङले किन गरिन् राजनीतिक संन्यासको घोषणा ?

रास्वपा नेतृ गोमा तामाङले किन गरिन् राजनीतिक संन्यासको घोषणा ?


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा सुनसरी-१ की पूर्व उम्मेदवार गोमा तामाङ (शरिन)ले राजनीतिक संन्यासको घोषणा गरेकी छन्।

रास्वपा कोशी प्रदेश सभापति पदको निर्वाचनमा पराजित भएपछि शरिनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीति छोड्ने घोषणा गरेकी हुन्।

उनी रास्वपा कोशी प्रदेशकी निवर्तमान कार्यवाहक सभापति पनि हुन्। स्थापनाकालदेखि नै रास्वपामा सक्रिय रहेकी तामाङले आफूलाई ‘माथिको ह्विप’ र ‘सेटिङ प्यानल’ को कारण हराइएको आरोपसमेत लगाएकी छन्।

तामाङले हालै सम्पन्न आन्तरिक निर्वाचनमा पराजय व्यहोरेकी थिइन्। उनी रास्वपाकी उम्मेदवारका रूपमा सुनसरी–१ बाट दुई पटक प्रतिनिधिसभा निर्वाचनमा पनि प्रतिस्पर्धा गरिसकेकी छन्, तर दुवै पटक निर्वाचित भने हुन सकिनन्। गत फागुनमा भएको निर्वाचनमा उनले २७ हजार २४९ मत प्राप्त गरेकी थिइन्। सो निर्वाचनमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी विजयी भएको थियो भने राईले ३५ हजार ७४१ मत ल्याएर जित हासिल गरेका थिए।

पराजयपछि तामाङले राजनीति छोड्ने घोषणा गरेसँगै कोशी प्रदेश र रास्वपाभित्र यसको राजनीतिक प्रभावबारे चर्चा सुरु भएको छ।

रास्वपा कोशीको सभापतिमा चन्द्र राई विजयी भएका छन्। चार जना प्रतिस्पर्धीलाई पछाडि पार्दै राई रास्वपा कोशीको पहिलो अधिवेशनबाट सभापतिमा राई निर्वाचित भएका हुन्। राई यसअघि प्रदेशका कोषाध्यक्ष थिए। भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार राईले २८० मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी गोमा तामाङ (शरिन)ले १४१ मत पाइनन्।

यसैगरी प्रतिस्पर्धी डा. खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गरे। सभापति पदका लागि भएको निर्वाचनमा ४९० मत खसेकोमध्ये ४८९ मत सदर भएको थियो ।

Skip This