काठमाडौँ- संविधान संशोधन कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग परामर्श तथा छलफल गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले बिहीबार तीनै जना पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको हो।
सुझाव संकलन गर्ने क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरस्थित मानभवनमा रहेको प्रचण्डको निवास पुगेको थियो। सोही स्थानमा पूर्वप्रधानमन्त्री दाहाल, नेपाल र खनालको उपस्थितिमा संविधान संशोधनका विविध विषयमा सामूहिक छलफल गरिएको जनाइएको छ।
कार्यदलले संविधान संशोधनका सम्भावित विषयहरूमा पूर्वप्रधानमन्त्रीहरूको धारणा, सुझाव र अनुभव संकलन गरेको जनाएको छ। प्राप्त सुझावलाई बहसपत्र तयारी तथा आगामी परामर्श प्रक्रियामा समेटिने कार्यदलले जनाएको छ।









प्रतिक्रिया