काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार माथि उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् भन्ने स्मरण पनि गराएका छन्। महासचिव पोखरेलले सरकारको प्रतिरक्षामा मात्र नभई सभामुख विपक्षी सांसदहरूसँग बहसमा पनि उत्रिने गरेकोका आपत्ति प्रकट गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र प्रतिरक्षा गर्ने क्रम बढेपछि महासचिव पोखरेलको यस्तो धारणा आएको हो ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्:
सरकारमाथि उठेका प्रश्नहरुको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन । संसदीय खेलका खेलाडी सांसदहरु नै हुन् ।






प्रतिक्रिया