अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं-सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो।

बैठकमा सरकारका समसामयिक विषय, मन्त्रालयगत कार्यप्रगति, नीति तथा कार्यक्रम कार्यान्वयन र आगामी निर्णयहरूबारे छलफल हुने जनाइएको छ।

आजकाे बैठकले परराष्ट्रमन्त्री शिशिर खनालकाे चीन भ्रमण स्वीकृत गर्ने समेत बताइएकाे छ। परराष्ट्रमन्त्री  खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्दैछन्।

Skip This