अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीपी राजमार्गमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते

बीपी राजमार्गमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते


काभ्रेकाभ्रेपलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकास्थित सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। मृतकहरूको पहिचान तथा दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी, स्थानीयवासी र उद्धारकर्मीको टोली घटनास्थलमा खटिएको छ। बस सडकबाट तल खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This