काठमाडौं-काभ्रेपलाञ्चोकको बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ।
दुर्घटनामा १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिएका छन्। ‘घटनास्थलमै ८ जनाको मृत्यु भएको छ। अहिलेसम्म १६ जनाको उद्धार गरेर धुलिखेल अस्पताल लगिएको छ,’ डिएसपी विष्टले भने।
घाइतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ।
बनेपाबाट सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटनामा परेको हो।
बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसमा २४ जना सवार थिए।








प्रतिक्रिया