काठमाडौं-भारतको असमको जोरहाटस्थित रौरिया जोरहाट एयर फोर्स स्टेशनमा भारतीय वायुसेनाको एएन-३२ कार्गो विमान दुर्घटनाग्रस्त भएको छ।
शनिबार भएको उक्त दुर्घटनामा पाइलटसहित पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय वायुसेनाका अनुसार विमान जोरहाट एयरफिल्डमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको मृत्यु भएको हो। एक सह-पाइलट घाइते भएका छन्।

विमान दुर्घटनामा बितेका खेमाराम कुमावत (दायाँ) र दानिश आलम (बायाँ)।
दुर्घटनापछि विमानमा भीषण आगलागी भएको थियो । घटनामा सह–चालकलाई भने उद्धार गरिएको छ र उनको अस्पतालमा उपचार भइरहेको छ ।
भारतीय वायुसेनाले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ भने हालसम्म ठोस कारण सार्वजनिक गरिएको छैन ।







प्रतिक्रिया