अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन

सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन


काठमाडौँ-नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को कथित हस्तक्षेपविरुद्ध नेकपा (माओवादी)ले काठमाडौँमा प्रदर्शन गरेको छ ।

शनिबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरूले सीमा सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले ‘सीमा अतिक्रमण बन्द गर’, ‘सुस्तामा भारतीय हस्तक्षेपको प्रतिरोध गरौँ’, ‘भौगोलिक अखण्डताको रक्षा गरौँ’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले सुस्ताका देशभक्त नेपाली नागरिकलाई राज्यले सम्मान दिनुपर्ने मागसमेत गरेका छन्। साथै सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान पनि माओवादी केन्द्रले राखेको छ ।

शुक्रबार सुस्ता गाउँपालिका–५ थारू टोल क्षेत्रमा प्रवेश गरेको भारतीय एसएसबी टोलीलाई स्थानीयवासीले प्रतिरोध गर्दै फर्काएको बताइएको छ । उक्त घटनापछि सीमावर्ती क्षेत्रमा तनावको अवस्था सिर्जना भएको स्थानीयले जनाएका छन् ।

Skip This