अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री

मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री


काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले फिफा विश्वकप २०२६ मा आफ्नो मनपर्ने (फेवरेट) देश सहभागी नभएको उल्लेख गरेका छन् ।

शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।’धेरै जना साथीभाइले सोध्नुभयो, तपाईंको फेवरेट देश कुन वर्ल्डकपमा ? मेरो फेवरेट देशले खेलेकै छैन !’

उक्त पोस्टपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न अनुमान र टिप्पणी गर्न थालेका छन्। नेपाल हालसम्म फिफा विश्वकपमा छनोट हुन नसकेको सन्दर्भमा धेरैले बालेनले देशप्रतिको प्रेम व्यक्त गर्दै ‘नेपाल’लाई नै आफ्नो रोजाइको राष्ट्रका रूपमा संकेत गरेको बुझाइ व्यक्त गरेका छन्।

यद्यपि, कमेन्ट बक्समा कतिपय प्रयोगकर्ताले विश्वकपमा छनोट हुन संघर्ष गरिरहेका अन्य राष्ट्रहरू वा इटालीतर्फ संकेत गरेका छन्। केहीले भने व्यङ्ग्यात्मक रूपमा छिमेकी मुलुक भारतको नामसमेत उल्लेख गरेका छन्।

अर्कोतर्फ, आइतबार बिहान पौने चार बजे हुने ब्राजिलको खेलअघि आएको उक्त स्टाटसलाई लिएर केहीले बालेनको समर्थन ब्राजिलतर्फ रहेको र पोस्ट केवल ठट्टाका रूपमा गरिएको हुन सक्ने टिप्पणी गरेका छन्।

तर अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले भने बालेनको ‘फेवरेट देश’ नेपाल नै भएको निष्कर्ष निकाल्दै त्यसलाई देशप्रेमसँग जोडेर व्याख्या गरेका छन्।

Skip This