अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली काठमाडौंमा

शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली काठमाडौंमा


काठमाडौं-शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै विश्वका विभिन्न देशमा हजारौँ किलोमिटर पैदल यात्रा गरेका भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना कारा नेतृत्वको टोली सोमबार काठमाडौं आइपुगेको छ।

टोलीसँग अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा परिचित ‘अलोका’ नामक कुकुर पनि रहेको छ। विश्वभर शान्ति र करुणाको सन्देश फैलाउने अभियानअन्तर्गत नेपाल आएको टोलीले आफ्नो यात्रालाई मानवता, अहिंसा र आत्मिक चेतनासँग जोडेको जनाएको छ।

भन्ते पन्ना काराको टोलीले भारतमा करिब ३ हजार ४ सय किलोमिटर तथा अमेरिकामा टेक्ससदेखि वासिङ्टनसम्म झण्डै ३ हजार ७ सय किलोमिटर खाली खुट्टा पदयात्रा सम्पन्न गरिसकेको छ। युद्ध, हिंसा र द्वन्द्वबाट प्रभावित विश्व समुदायलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले पदयात्रा जारी राखिएको टोलीले जनाएको छ।

काठमाडौं बसाइका क्रममा टोलीले बौद्धनाथ स्तूप, स्वयम्भूनाथ स्तूप लगायतका बौद्ध तीर्थस्थलहरूको दर्शन गर्ने कार्यक्रम रहेको छ। साथै रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्ने कार्यतालिका पनि तय गरिएको बताइएको छ।

भन्ते पन्ना काराले बुद्धका शिक्षा, ध्यान र करुणाको अभ्यासमार्फत मानिसले आफ्नै अन्तरमनमा शान्ति खोज्न सक्ने उल्लेख गर्दै काठमाडौंबाट समेत विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको बताए। उनले मानवता, सहअस्तित्व र करुणामार्फत दिगो शान्ति स्थापना गर्न सकिने विश्वास व्यक्त गरे।

Skip This