अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा


काठमाडौँ-राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट नियन्त्रणमा लिएको हो।

राहदानी छपाईको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ। त्यही क्रममा अर्याल पनि पक्राउ परेका हुन्। 

 अर्यालसँग अहिले आयोगको कार्यालय टंगालमा बयान भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ।

यसअघि नै अख्तियारले राहदानी विभागबाट यससम्बन्धी कागजात नियन्त्रणमा लिइसकेको थियो। कागजात अध्ययन लगतै अर्यालसँग बयान लिन थालेको हो।

यो मुद्दाको अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको बताइएको छ। 

Skip This