अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम कारागार चलान

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम कारागार चलान


काठमाडौं-नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम कारागार चलान भएका छन्।

मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई पुर्पक्षका थुनामा पठाउने आदेश दिएको हो।

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार प्रकरणमा गौतम पनि जोडिएका थिए । तत्कालीन निर्देशक प्रदीप अधिकारीसहित गौतमविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले अभियोग दायर गरेको थियो ।

गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुल उपर गरी सजाय गर्न मागदाबीसहित अख्तियारले मुद्दा चलाएको थियो ।

Skip This