काठमाडौं – देशका केही भूभागमा आज मध्यमसम्मको वर्षाको सम्भावना छ । केही स्थानमा भने तातो हावाको लहर चल्नेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोसी प्रदेशको तराईका थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ ।
विभागले राति देशको हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोसी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको विभागले बताएको छ ।






प्रतिक्रिया