अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केही ठाउँमा वर्षा,केही ठाउँमा तातो दिन

केही ठाउँमा वर्षा,केही ठाउँमा तातो दिन


काठमाडौं- देशका केही स्थानमा वर्षा हुँदा केही भूभागमा तातो दिन हुने सम्भावना छ । केही भूभागमा मध्यमसम्म वर्षाको हुँदा केही स्थानमा तातो दिनको पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी र मधेस प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

सी र मधेस प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना छ ।

यसअघि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मात्रै तातो दिन हुने भनेर सूचना जारी गर्दै आएको विभागले आज वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको बताएको छ ।

विभागले राति कोसी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । अन्य हिमाली र पहाडी भूभागमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोसी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

Skip This