अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले सार्वजनिक गर्‍यो वैशाख-जेठका १५ मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले सार्वजनिक गर्‍यो वैशाख-जेठका १५ मन्त्रिपरिषद् बैठकका निर्णय


काठमाडौं-सरकारले विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले वैशाख महिनामा बसेका ९ वटा र जेठ महिनामा बसेका ६ वटा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएका निर्णयहरूमा सार्वजनिक पद धारण गरेका उच्च राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण छानबिन गर्न आयोग गठन, सहकारी, विश्वविद्यालय, सार्वजनिक खरिद तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने सिफारिस, विभिन्न निकायमा नियुक्ति तथा सरुवा, जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोगको स्वीकृति, कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति लगायतका विषय समेटिएका छन्।

यस्तै, सरकारले विश्व बैंक, एसियाली विकास बैंक, स्विट्जरल्यान्ड, चीन तथा अन्य अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। विभिन्न पूर्वाधार, खानेपानी, ऊर्जा, स्वास्थ्य तथा कृषि क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिने र आवश्यक बजेट तथा कानुनी व्यवस्था मिलाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

सरकारले सार्वजनिक प्रशासन सुधार, सहकारी क्षेत्र व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, पर्यटन प्रवर्द्धन, सूचना प्रविधि तथा सुशासनसँग सम्बन्धित विभिन्न नीतिगत निर्णयहरू पनि सार्वजनिक गरेको जनाएको छ।

Skip This