अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा स्कुल बस पल्टिँदा एक जनाको मृत्यु, ३० घाइते (नामसहित)

उदयपुरमा स्कुल बस पल्टिँदा एक जनाको मृत्यु, ३० घाइते (नामसहित)


काठमाडौँ-उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ३० जना घाइते भएका छन् । 

महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस आज (शनिबार) बिहान उदयपुरगढी गाउँपालिका–७ जोगिटोलस्थित सडकमा दुर्घटना भएको हो।

दुर्घटनामा महोत्तरीको बर्दिबास नगरपालिका बस्ने वर्ष ५५ का बिमलेश दत्तको मृत्यु भएको छ । उनको उपचारका क्रममा बिहान ९:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उदयपुर जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ।

विराटनगर ल्याइएका घाइतेहरूमा रसिला कुमारी चौधरी (३८ वर्ष, गौशाला नपा-२, महोत्तरी) र सन्देश कुमार चौधरी (१२ वर्ष, रसिला कुमारीकी छोरा) छन्।

दुर्घटनामा घाइते भएका अन्य २८ जनाको उपचार भने उदयपुर जिल्ला अस्पतालमै भइरहेको छ।

अस्पतालका अनुसार घाइते हुनेहरूमा अधिकांश महोत्तरी र सिराहाका बासिन्दा छन्।

महोत्तरी, गौशाला नगरपालिकाका घाइतेहरू

जितन प्रसाद यादव (४५ वर्ष, वडा नं. २)

पिंकी यादव (३८ वर्ष, वडा नं. २)

नितु यादव (२४ वर्ष, वडा नं. २)

चाँदनी पासवान (१५ वर्ष, वडा नं. २)

भिकारी यादव (४५ वर्ष, वडा नं. २)

अमृता यादव (२२ वर्ष, वडा नं. २)

अञ्जली साह (२० वर्ष, वडा नं. २)

रुपा महतो (१८ वर्ष, वडा नं. २)

अनिल कुमार पासवान (२४ वर्ष, वडा नं. २)

दिनेश साह (३६ वर्ष, वडा नं. २)

आलोक साह (७ वर्ष, वडा नं. २)

अनिसा महतो (२६ वर्ष, वडा नं. २)

नादनी कुमारी यादव (१० वर्ष, वडा नं. २)

अजय कुमार मण्डल (२७ वर्ष, वडा नं. २)

दीपेन्द्र महतो (३८ वर्ष, वडा नं. २)

पुष्पा महतो (११ वर्ष, वडा नं. २)

ममता महतो (१८ वर्ष, वडा नं. ५)

कुश महतो (२६ वर्ष, वडा नं. ११)

महोत्तरी, औरी नगरपालिकाका घाइतेहरू

निशा यादव (१३ वर्ष, वडा नं. २)

सोनाक्षी यादव (१० वर्ष)

नन्द किशोर पण्डित (२४ वर्ष)

शिवलाल महतो (३५ वर्ष)

रोहन मण्डल (५ वर्ष, रामतोला देवीका छोरा)

लभ महतो (२४ वर्ष)

अन्य क्षेत्रका घाइतेहरू

सिकेन्द्र बैठा (३२ वर्ष, सोनुवा गापा-७, महोत्तरी)

रामशंकर यादव (३० वर्ष, लक्ष्मीपुर पतारी गापा-५, सिराहा)

निर्मला यादव (२२ वर्ष, लक्ष्मिपुर पतारी गापा-५, सिराहा)

बिकी यादव (७ वर्ष, लक्ष्मीपुर पतारी गापा-५, सिराहा)

दुई जना सकुशल

बसमा सवार यात्रुमध्ये महोत्तरी औरी नगरपालिका बस्ने २५ वर्षीया रामतोलादेवी मण्डल र सोही ठाउँकी १४ वर्षीया प्रिति यादव भने सकुशल छन्। यस्तै बस चालक महोत्तरी गौशाला नगरपालिका-१० निवासी २८ वर्षीय जीवन आले पनि सकुशल छन्।

चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी  शैलेन्द्र थापाका अनुसार उक्त बस शैक्षिक भ्रमणका लागि महोत्तरीबाट सुनसरी जाँदै थियो। बसमा अभिभावक, शिक्षक र विद्यार्थी थिए। दुर्घटनामा मृत्यु भएका व्यक्ति शिक्षक हुन्।  

Skip This