अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकुमारीमा खैरो हेरोइन कारोबारीमाथि प्रहरीको गोली, तीन जना पक्राउ

बालकुमारीमा खैरो हेरोइन कारोबारीमाथि प्रहरीको गोली, तीन जना पक्राउ


काठमाडौँ-ललितपुरको बालकुमारी क्षेत्रमा खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले गोली प्रहार गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष अपरेशन सञ्चालन गर्ने क्रममा गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको ब्युरोका एसएसपी सुवास बोहराले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेकाहरू खैरो हेरोइनको अवैध कारोबारमा संलग्न रहेको आशंकामा निगरानीमा थिए। उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ।

गोली लागेका व्यक्तिहरूको अवस्था र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Skip This