अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्रेक फेल हुँदा बाजुरामा यात्रुवाहक बस दुर्घटना, २४ जना घाइते

ब्रेक फेल हुँदा बाजुरामा यात्रुवाहक बस दुर्घटना, २४ जना घाइते


बाजुरा बाजुराको बुढीगंगा नगरपालिका-८ रिठाबजारस्थित साँफेबगर-मार्तडी सडकखण्डमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ७:१० बजे महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बायाँतर्फको नालीमा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेको थियो।

दुर्घटनामा घाइते भएका २४ जनामध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको छ। एक जना घाइतेको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बयलपाटास्थित प्रादेशिक अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित ३३ जना सवार रहेकोमा ९ जना यात्रु सकुशल रहेका छन्।

दुर्घटनाको कारण, क्षतिको विवरण तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Skip This