अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा महाधिवेशनमा भाग लिन छोरी बोकेर चितवन पुगे प्रधानमन्त्री बालेन

रास्वपा महाधिवेशनमा भाग लिन छोरी बोकेर चितवन पुगे प्रधानमन्त्री बालेन


काठमाडौं-प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह आइतबार भरतपुर, चितवन पुगेका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बालेन आफ्नी छोरीलाई समेत साथमा लिएर चितवन पुगेका हुन्।

प्रधानमन्त्री शाह काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत भरतपुर उत्रिएका हुन् । विमानस्थलबाट निस्किँदै गर्दा शाहले छोरी बोकेका थिए । पत्नी सविना काफ्लै पनि सँगै छिन् । एयरपोर्टबाट सीधै उनी कालिका नगरपालिकाको शक्तिखोरमा रहेको लटौली रिसोर्ट पुगेका छन् ।

प्रधानमन्त्री बनेपछि काठमाडौं बाहिरको सार्वजनिक कार्यक्रममा उनको यो पहिलो सहभागिता रहेको बताइएको छ। महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि देशभर तथा प्रवासबाट गरी चार हजारभन्दा बढी प्रतिनिधि चयन गरेको जनाएको छ। महाधिवेशनले पार्टीको आगामी संगठनात्मक तथा राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

Skip This