चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आयोजना हुने भरतपुर महानगरपालिका–१ स्थित गेस्टहाउस चोक क्षेत्रको कार्यक्रमस्थलमा वर्षापछि पानी जमेको छ।
गएराति परेको अविरल वर्षाका कारण महाधिवेशन स्थलको केही भागमा पानी जमेको हो। पानी जम्दा कार्यक्रम सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यले आयोजक पक्षले स्थल व्यवस्थापनको कामलाई तीव्र बनाएको छ।
जमेको पानी हटाउन तथा हिलाम्मे बनेको क्षेत्र सम्याउन डोजर प्रयोग गरी माटो हाल्ने काम भइरहेको आयोजकले जनाएको छ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला वर्षाले केही चुनौती थपे पनि कार्यक्रमलाई निर्धारित समयमै सञ्चालन गर्ने गरी व्यवस्थापन मिलाइँदै छ।
रास्वपाको पहिलो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि तथा कार्यकर्ताहरू सहभागी हुने अपेक्षा गरिएको छ। आयोजक टोलीले वर्षाका कारण उत्पन्न समस्या समाधान गर्दै कार्यक्रमस्थललाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक काम गरिरहेको जनाएको छ।











प्रतिक्रिया