अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साताको पहिलो कारोबारको दिन नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ४ अर्ब बढी

साताको पहिलो कारोबारको दिन नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ४ अर्ब बढी


काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.४६ अंकले घटेर बजार २७ सय ६५ को बिन्दुमा कायम भएको छ। त्यस्तै आज कारोबारमा आएका ३५३ कम्पनीको ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै ८१ लाख ८० कित्ता शेयर किनबेच भएको छ।

आज सबैभन्दा बढी सोपान फर्मास्यूटिकल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३७ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआएनको ३० करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यससँगै, आज पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, आज ८.५ प्रतिशत नेपाल बैंक डिबेन्चर २०८७ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.८७ प्रतिशतका दरले गुमाएका हुन् । त्यस्तै, गाडियन माइक्रो लाइफका लगानीकर्ताले ३.०४ प्रतिशतका दरले गुमाएका छन्।

Skip This