काठमाडौँ-गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ। हिरासतमा रहेको समयमा आफूहरूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै तीन युवाले सोमबार आयोगमा उजुरी दिएका हुन्।
हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन् गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले २०८३ असार ८ गते सोमबार आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको जमिन मिचेको भन्दै अभिव्यक्ति दिएपछि २०८३ जेठ १९ गते लैनचौरस्थित भारतीय दूतावास अगाडि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न अंग रहेको तथा सीमा समस्याको समाधानको माग गर्दै प्रदर्शन गरिएको थियो। सोही क्रममा उनीहरू पक्राउ परेका थिए। उजुरीकर्ताहरूका अनुसार पक्राउ परेको करिब आधा घण्टापछि सुधन गुरुङ सोह्रखुट्टे प्रहरी वृत्त पुगेका थिए र त्यहाँ आफूहरूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ।
उनीहरूले मानव अधिकार आयोगसमक्ष घटनाको स्थलगत अनुगमन गर्न, सम्बन्धित व्यक्तिहरूको बयान लिन, प्रहरी कार्यालयको सिसिटीभी फुटेज सुरक्षित राख्न तथा दोषीमाथि कारबाहीको सिफारिस गर्न माग गरेका छन्।
उनीहरूले मानव अधिकार आयोगसमक्ष घटनाको स्थलगत अनुगमन गर्न, सम्बन्धित व्यक्तिहरूको बयान लिन, प्रहरी कार्यालयको सिसिटीभी फुटेज सुरक्षित राख्न तथा दोषीमाथि कारबाहीको सिफारिस गर्न माग गरेका छन्।
उजुरीमा थुनुवा कक्षमा प्रवेश गरी धम्की दिइएको भन्दै संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, न्यायसम्बन्धी हक र यातनाविरुद्धको हक उल्लंघन भएको दाबी गरिएको छ।
हेर्नुहोस् पत्र








प्रतिक्रिया