काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो। एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य पौडेले सुझाव संकलनका क्रममा सुर्खेत पुगेका थिए।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेकाअनुसार सम्पत्ति शुद्धिकरण विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रक्राउ गरेको हो। उनका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको हाे। उनलाई पक्राउ गर्न अघि काठमाडौँ भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको जनाइएको छ।
पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ।






प्रतिक्रिया