सुर्खेत-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आज सुर्खेतबाट पक्राउ गरेको थियो।
सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएपछि प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पुर्याएको छ।
उपाध्यक्ष पौडेललाई नेपालगञ्जबाट काठमाडौं ल्याइनेछ। पौडेल सुर्खेतमा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहँदा पक्राउ परेका हुन। उनलाई पक्राउ गर्न भनी सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो। सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।






प्रतिक्रिया