अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपाध्यक्ष पौडेल पक्राउप्रति महेश बस्नेतको टिप्पणी: ‘कुखुरा मर्‍यो भन्दा पनि स्याल पल्कियो’

एमाले उपाध्यक्ष पौडेल पक्राउप्रति महेश बस्नेतको टिप्पणी: ‘कुखुरा मर्‍यो भन्दा पनि स्याल पल्कियो’


काठमाडौं-नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेकाप्रति आपत्ति जनाउँदै कानुनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानुनी प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सचिव बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित गरिनु उचित नहुने धारणा व्यक्त गरेका छन्। उनले कानुनी शासन, लोकतान्त्रिक अधिकार र राजनीतिक स्वतन्त्रताको सम्मान हुनुपर्नेमा जोड दिएका छन्।

सचिव बस्नेतले एमाले कार्यकर्ता तथा समर्थकलाई उक्त घटनालाई केवल एक व्यक्तिसँग सम्बन्धित विषयका रूपमा नहेर्न आग्रह गरेका छन्। उनका अनुसार यसलाई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आवश्यक छ।

सामाजिक सञ्जालमा सचिव बस्नेतले, ‘कुखुरा मर्‍योभन्दा पनि स्याल पल्कियो’ भन्ने उखान उद्धृत गर्दै यस्ता प्रवृत्तिको समयमै प्रतिवाद गर्नुपर्ने बताए। आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्ने भएकाले सबै लोकतन्त्रवादी शक्ति सचेत रहनुपर्ने उनको भनाइ छ।

उनको भनाइ

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका भन्ने खबर सुन्नमा आएको छ। कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्छ, त्यसपछि मात्र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नुपर्छ। तर फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित मान्न सकिँदैन।
एमाले पंक्तिले पनि यसलाई केवल एउटा व्यक्तिसँग सम्बन्धित घटनाका रूपमा होइन, लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आवश्यक छ। ‘कुखुरा मर्‍यो’ भन्दा पनि ‘श्याल पल्कियो’ भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्छ, किनकि आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ। 

Skip This