काठमाडौं-सुर्खेतबाट पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।
उपाध्यक्ष पौडेललाई बाँके हुँदै स्थलमार्गबाट मंगलबार मध्यान्ह ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइएको हो। विभागले आवश्यक कानुनी प्रक्रिया पूरा गरी म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ।
विभागले आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरेको छ । विभागले सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।
उपाध्यक्ष पौडेल सोमबार पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका थिए।
यसअघि उनलाई नियन्त्रणमा लिनुअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले उनको निवासमा समेत छापा मारेको थियो। विभागले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
उपाध्यक्ष पौडेललाई आजै अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप मागिने तयारी गरिएको छ।






प्रतिक्रिया