काठमाडौं-पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगिएको छ। पौडेललाई माइतीघरस्थित विशेष सरकारी वकिलको कार्यालयमा लगिएको हो।
कानुनी प्रावधान अनुसार अनुसन्धानका लागि हिरासतमा राख्न विशेष अदालतबाट म्याद थप गर्ने प्रयोजनका लागि उनलाई सरकारी वकिलको कार्यालयमा पेस गरिएको हो। सरकारी वकिलको कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई म्याद थपका लागि विशेष अदालत लगिनेछ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट नियन्त्रणमा लिइएको थियो। उनलाई सडक मार्ग हुँदै आज (मंगलबार) बिहान काठमाडौँ ल्याइएको प्रहरी स्रोतले जनाएको छ।








प्रतिक्रिया