काठमाडौँ-जनता समाजवादी पार्टी, नेपालका सांसद तथा नेता महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि असर पार्ने खालका गतिविधि गरिरहेको आरोप लगाएका छन्।
मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारको प्राथमिकतामा नेपाली जनता नरहेको दाबी गरे।
ठाकुरका अनुसार सरकारले बाह्य मुलुकको हित हुने गरी काम गरिरहेको र त्यसै कारण बाहिरका पक्षहरू सन्तुष्ट देखिएको उनको भनाइ छ।
उनले कडा शब्दमा भने, ‘जनताको हातमा त केही छैन। सबै सकियो। हाम्रो स्वतन्त्रतामाथि नै असर परिरहेको छ। बाहिरका मानिसहरूले सबै चिज कब्जा गरिसके। उनीहरूको चित्त बुझाउने गरी काम भइरहेको छ। यो हाम्रो सरकार होइन, बाहिरवालाको सरकार हो।’
उनले सरकारको कारण मुलुक विदेशी प्रभावमा गएको भन्दै कडा आलोचना समेत गरेका छन्।






प्रतिक्रिया