अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोदावरी नगरपालिकाले ल्यायो २ अर्ब ४० करोडकाे बजेट

गोदावरी नगरपालिकाले ल्यायो २ अर्ब ४० करोडकाे बजेट


काठमाडौँ-गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ४० करोड ६६ लाख ३७ हजार ८ सय रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ।

आज नगरपालिकाको नगरसभाको अधिवेशनबाट वार्षिक नीति तथा कार्यक्रम, आर्थिक तथा विनियोजन विधेयक–२०८३ सहित उक्त आय–व्यय अनुमान सर्वसम्मत रूपमा पारित गरिएको हो।

नगरपालिकाले ‘समृद्ध गोदावरी, सुखी नगरवासी’ भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राख्दै बजेट निर्माण गरेको जनाएको छ। प्रस्तुत बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वातावरण संरक्षण, रोजगार प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ।

नगरपालिकाका अनुसार समृद्ध, सुरक्षित, व्यवस्थित तथा दिगो गोदावरी निर्माण गर्ने उद्देश्यसहित आगामी वर्षका कार्यक्रम तथा योजनाहरू अघि बढाइनेछन्।

नगरसभाको सफल सम्पन्नतासँगै नगरपालिकाले बजेट तथा कार्यक्रम पारित गर्न सहयोग पुर्‍याउने जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा नगरवासीप्रति आभार व्यक्त गरेको छ।

Skip This