अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेचीनगरको बजेट १ अर्ब ४५ करोड ६२ लाख 

मेचीनगरको बजेट १ अर्ब ४५ करोड ६२ लाख 


मेचीनगर-झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ४५ करोड ६२ लाख ५७ हजार ९८६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

आज दोस्रो नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले १ अर्ब ४५ करोड ६२ लाख सन्ताउन्न हजार ९८६ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेकी हुन्।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा सञ्चालन भएको नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गरेकी बजेटमा चालु अनुदानतर्फ ५१ करोड ६३ लाख ,पुँजीगत अनुदान तर्फ ७ करोड २३ लाख र बिशेष अनुदान तर्फ ७९ लाख बजेट छुट्टाइएको छ। 

त्यस्तै कोशी प्रदेश सरकारको शसर्त चालु अनुदान तर्फ १ करोड १० लाख, शसर्त पुँजीगत अनुदान तर्फ ४ करोड १४ लाख समेत स्वीकृत शिर्षक अनुसारनै खर्च गर्नेगरि पेश गरिएको उपप्रमुख उप्रेतीले जानकारी दिइन्। साथै संघिय समपुरक अनुदानबाट प्राप्त हुने ५५ लाख र कोशी प्रदेश सरकारको समपुरक अनुदानबाट प्राप्त हुने ६० लाखको कार्यान्वयनका लागि समपुरक कोषमा एकमुष्ट ४ करोड रुपैयाँ बिनियोजन गरिएको छ। 

Skip This