अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश


काठमाडौं-नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ। 

असार ११ गते बिहीबार सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेका हुन्। सर्वोच्चले विपक्षीको माग बमोजिम किन आदेश दिनु नपर्ने हो, कुनै कारण भए जवाफ दिनु भनेको छ। 

असार १० गते बुधबार उपाध्यक्ष पौडेलकी पत्नी दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा पौडेललाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गरिएको थियो। 

रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय, सुर्खेतलाई विपक्षी बनाइएको थियो। 

पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा २०८३ असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। 

Skip This