काठमाडौं – आज पनि शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.५० अंकले घटेर २६ सय ५१ दशमलव ५२ को बिन्दुमा कायम भएको छ। त्यस्तै आज कारोबारमा आएका ३३८ कम्पनीको २ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यससँगै ६४ लाख ८० हजार कित्ता शेयर किनबेच भएको छ।
आज सबैभन्दा बढी सोपान फर्मास्यूटिकल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स्को १२ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यससँगै, आज ट्रक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी भुजुङ हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ११.०४ प्रतिशतका दरले गुमाएका हुन् ।






प्रतिक्रिया