अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री गुरुङको निर्देशन- मेरो गाडीको कालो सिसा पनि हटाउनुस्

गृहमन्त्री गुरुङको निर्देशन- मेरो गाडीको कालो सिसा पनि हटाउनुस्


काठमाडौं-सवारीसाधनमा जडान गरिएका अपारदर्शी (कालो) सिसाविरुद्ध भइरहेको कारबाहीलाई अझ प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्। उनले नियम कार्यान्वयनमा कुनै विभेद नगर्न आग्रह गर्दै आफूले प्रयोग गर्ने सवारीबाटै अभियान सुरु गर्न निर्देशन दिएका हुन्।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले ट्राफिक प्रहरी अधिकारीहरूसँग छलफल गर्दै आफ्नो सवारीमा रहेको कालो सिसासमेत हटाउन निर्देशन दिए।

‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस्,’ उनले निर्देशन दिँदै नियम सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिए।

गृहमन्त्रीको निर्देशनसँगै उनले प्रयोग गर्ने सवारीमा रहेको कालो सिसा हटाउने तयारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यता, काठमाडौं उपत्यकामा असार १४ गतेदेखि निजी तथा सार्वजनिक सवारीमा जडान गरिएका कालो स्टिकर हटाउने अभियान सञ्चालन भइरहेको छ। पहिलो चरणमा स्टिकर हटाउने काम भइरहेको र कम्पनीबाटै अपारदर्शी सिसा जडान भएर आएका सवारीबारे सम्बन्धित आयातकर्ता तथा बिक्रेता कम्पनीसँग छलफल भइरहेको ट्राफिक प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उत्पादनकै क्रममा कालो सिसा जडान भएका सवारीको व्यवस्थापनबारे आवश्यक समन्वय र कानुनी प्रक्रिया अघि बढाइँदै छ।

Skip This