काठमाडौं-विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ हिरासतमा राख्न अनुमति दिएको छ।
सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद थपको अनुमति दिएको हो।
उपाध्यक्ष पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा २०८३ असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। विशेष अदालतले यसअघि २०८३ असार ८ देखि लागू हुने गरी ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। अदालतले दिएको उक्त म्याद असार १४ गते सकिएको थियो।
विभागको पत्रपछि प्रहरीले उनलाई जरूरी पक्राउ पुर्जी दिएर भ्यानमा काठमाडौं ल्याएको हो। विशेष अदालतले हिरासतमा राख्न अनुमति दिएपछि उनकी पत्नी दोमायाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
यसको सुनुवाइ बुधबार हुने गरी पेसी समेत तोकिएको छ।






प्रतिक्रिया