काठमाडौं-ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीको कालो सिसा हटाएको छ।
गृहमन्त्री गुरुङ र गृहसचिव श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले हटाएको हो।
ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि आफ्नो सवारीको पनि कालो सिसा हटाउन भन्दै गृहमन्त्री आफैं ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि प्रहरीले उनीहरूको सवारीको कालो सिसा हटाएको हो। उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा एसएसपी सुरेश काफ्लेले कालो सिसा हटाउने अभियान नै सञ्चालन गरिएको बताएको छन्।
अवैध गतिविधि हुने भन्दै कालो सिसाका लगाइएका सवारीमाथि ट्राफिक प्रहरीले कडाइ सुरु गरेको छ।
निजी तथा सार्वजनिक सवारीमा कालो सिसाको प्रयोग गर्ने र त्यसपछि स–साना हतियारको ओसारपसार, लागुऔषध ओसारपसार तथा सेवन हुने गरेको प्रहरीको भनाइ छ ।
कतिसम्म भने सुन ओसारपसारका घटनादेखि अपराधी फरार हुन समेत कालो सिसाका सवारी प्रयोग भएको पाइएको ट्राफिक प्रहरीले बताएको छ ।
सवारी तथा यातायात ऐन २०४९ को दफा ३९ अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृती नलिई रङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गर्न नहुने उल्लेख गरेको छ ।






प्रतिक्रिया