अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनुशासनबिना खेलकुद सम्भव छैन: अध्यक्ष ओली

अनुशासनबिना खेलकुद सम्भव छैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासनबिना खेलकुद सम्भव नहुने बताएका छन्।

नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खेल भावनालाई फराकिलो बनाउँदै अनुशासनमा बाँधिन आग्रह गरेका हुन्।

‘खेलाडीहरू अनुशासित हुन्छन्। विनाअनुशासन खेल हुनै सक्दैन। अनुशासनको पालना नभए खेल खत्तम भइहाल्छ, बिग्रिहाल्छ,’ अध्यक्ष ओलीले भने, ‘यसै त यो प्रकृति नै अनुशासनमय छ, धर्ती, गृहहरू अनुशासन छन्। सूर्य आफैँ अनुशासित छ। सिंगै ब्रमाण्ड अनुशासित छ।’

अध्यक्ष ओलीले पृथ्वीबारे थप भने, ‘पृथ्वी अनुशासित छ । भरे बेलुका कतिबेला घाम अस्ताउनुपर्छ थाहा छ। कति कक्षमा, कति अक्षमा घुम्नुपर्छ उसले जानेको छ।’

उनले शारीरिक अवस्था र उमेरअनुसारको खेल मानव जीवनका लागि महत्वपूर्ण भएको बताए ।

Skip This