काठमाडौं- आज काठमाडौँसहित २६ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढी महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार काठमाडौँ भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङमा बाढी आउने सम्भावना छ।
यसैगरी झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी(पश्चिम, रुपन्देही, कपिलवस्तुमा पनि आज बाढीको जोखिम देखिएको छ।
यस्तै दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको पनि आज बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।







प्रतिक्रिया