काठमाडौं-नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्। चापागाईंले सोमबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष राजीनामा बुझाएका हुन्।
चापागाईंले बिहान अर्थ मन्त्रालय पुगेर अर्थमन्त्रीलाई राजीनामापत्र बुझाएको जानकारी दिएका छन्। उनले आफ्नो राजीनामा सरकारको दबाब, नीतिगत विवाद वा अन्य कुनै बाह्य कारणले नभई व्यक्तिगत कारणले दिएको स्पष्ट पारे।
चापागाईं २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए । सरकारले अध्यादेश मार्फत विगतका नियुक्त खारेज गरे पनि उनी कायम रहेका थिए ।






प्रतिक्रिया