अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ८२ करोड

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ८२ करोड


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ३०.०९ अंकले घटेर बजार २६ सय २१ दशमलव ५९ को विन्दुमा कायम भएको छ।

आज ३६२ कम्पनी कारोबारमा आउँदा २५ कम्पनीको शेयर मूल्य बढेको छ भने, २४७ कम्पनीको शेयर मूल्य घटेको छ । यससँगै, ५ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ । आज दिनभरिमा ८४ लाख ६३ हजार कत्ता शेयर किनबेच हुँदा ४ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै ११ प्रतिशत एलबीएल डिबेन्चर २०८९ को शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६२ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै एनएमबी डिबेन्चर ८.५० प्रतिशतका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.५२ प्रतिशतका दरले कमाएका हुन् ।

यससँगै आज सबैभन्दा बढी गुमाउनेमा कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३.४१ प्रतिशतका दरले गुमाएका हुन् । उपकार लघुवित्तका लगानीकर्ताले १०.६९ प्रतिशतका दरले गुमाएका छन्।

Skip This