अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल र विदुर कोइराला को इजलासले बुधबार म्याद थपको आदेश दिएको हो। पौडेलविरुद्ध अदालतले चौथोपटक म्याद थपको अनुमति दिएको जनाइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई २०८३ असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिनको म्याद थपिएको थियो।

उपाध्यक्ष पौडेलकी पत्नी दोमाया पौडेलले गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिट असार १८ गते सर्वोच्च अदालतले खारेज गरेको थियो।

यसअघि दीपक भट्ट सहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गर्दा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान जारी रहेको उल्लेख गरिएको थियो।

अनुसन्धानका क्रममा दीपक भट्टको हित नियन्त्रणमा रहेको कम्पनी इनफिनिटी होल्डिङ प्रालि को शतप्रतिशत लगानी रहेको हिमालयन एसेट म्यानेजमेन्ट प्रालि सम्बन्धी वास्तविक स्वामित्वकर्ता तथा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान आवश्यक देखिएकाले पौडेललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको अनुसन्धान निकायको दाबी छ।

Skip This