अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीपी प्रतिष्ठानबाट कमिसनका लागि निजीमा बिरामी पठाउने १० जना बिचौलिया पक्राउ

बीपी प्रतिष्ठानबाट कमिसनका लागि निजीमा बिरामी पठाउने १० जना बिचौलिया पक्राउ


धरान-बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई पक्राउ गरिएको छ।

प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेले गए राति विशेष सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिए।

प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले त्यस्ता गतिविधिमा संलग्न रहेको आशङ्कामा उनीहरुलाई पक्राउ गरेको थेबेले बताए।

सप्तरीका अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ रञ्जितकुमार चौधरी, सप्तरीको राजविराज नगरपालिका–६ का रविना मण्डल, भोजपुरका  हस्त श्रेष्ठ, सुनसरीको धरान उपमहानगरपालिका–१५ का सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ का साबिन किराँती, धरान उपमहानगरपालिका–६ का मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का  उमेशकुमार चौधरी, धरान उपमहानगरपालिका–१७ का  धिरोज निरौला, सुनसरीको इनरुवा नगरपालिका–२ का  रोहित मेहता र धरान उपमहानगरपालिका–११ का विनोद भट्टराई रहेका छन् ।

गत २२ गते झापाको दमक नगरपालिका–१ कुमाल चोकका प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ का २७  दीपकरामलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान सुरुगरेको छ।

यही असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालभित्र हुने विचौलिया गतिविधि, अनियमितता र बिरामीमाथिको ठगी नियन्त्रण गर्न प्रतिष्ठानका सम्बन्धित निकाय र पदाधिकारीहरुलाई निर्देशन दिए।

Skip This