अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिंसा र आगजनीबाट बनेको सरकार टिक्दैन: केपी शर्मा ओली

हिंसा र आगजनीबाट बनेको सरकार टिक्दैन: केपी शर्मा ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको आधारमा बनेको आरोप लगाएका छन्।

पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा आइतबार सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

अध्यक्ष ओलीले अहिलेको राजनीति परिभाषाविहीन, दिशाविहीन र थितिविहीन अवस्थामा पुगेको टिप्पणी गरे। अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि कानुनी र संवैधानिक प्रक्रिया हुने भए पनि वर्तमान सरकार त्यस्तो प्रक्रियाबाट नभई हिंसात्मक गतिविधिको जगमा बनेको दाबी गरे।

‘अहिलेको राजनीति परिभाषाविहीन, दिशाविहीन, थितिविहीन तरिकाले चलिरहेको छ,’ अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्, तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको आधारबाट बनेको हो।’

अध्यक्ष ओलीले लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र विधिको शासनलाई कमजोर बनाउने कुनै पनि गतिविधिले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने चेतावनी दिए। उनले राजनीतिक दलहरू संविधान, कानुन र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै हिंसा र अराजकताको माध्यमबाट सत्ता प्राप्त गर्ने अभ्यास लोकतन्त्रका लागि घातक हुने बताए।

Skip This